• Monday 5th of October 2026

नयाँ किर्तिमानसँगै ओडिआइमा सन्दिपकाे बरियता सुधार, ३७ मा उक्लिए


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ जेठ  । नेपाली क्रिकेटर सन्दीप लामिछाने तथा दीपेन्द्र सिंह ऐरीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा वरियतामा सुधार भएको छ ।
 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधबार जारी गरेको पछिल्लो वरियतामा सन्दीप र दीपेन्द्रको वरियतामा लामो सुधार भएको हो । अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कको ७ वर्ष पुरानो सबैभन्दा कम खेलमा १५० विकेट पूरा गरेको कीर्तिमान हालै लामिछानेले तोडिदिएका थिए, जसका कारण पनि उनको बरियता सुधार हुने आधार बनेको थियो । 
 
आइसिसीले जारी गरेको वरियताको बलिङतर्फ सन्दीपले ६ स्थान सुधार गर्दै ३७औं स्थानमा उक्लिएका छन भने बलिङतर्फ नै ललित राजवंशी १६ स्थान सुधार गर्दै ५४औं तथा दीपेन्द्र ८९औं स्थानमा उक्लिएका छन् ।
 
अलराउण्डरतर्फ भने दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औं स्थानमा छन्, अलराउण्डर तर्फ नै गुल्सन झा १५ स्थान सुधार गर्दै ८७औं स्थानमा उक्लिएका छन् । ओडिआई वरियतामा नेपाल भने १७औं स्थानमा यथावत नै रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖