• Wednesday 7th of October 2026

न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हट्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ ।

न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ ।

यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मी थिए । मङ्गलवारदेखि कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बनेकी छिन् ।

कामु प्रधानन्यायाधीश हटेपछि सर्वोच्च प्रशासनले न्यायाधीश प्रधानलाई एनेक्स भवनको तेस्रो तलामा च्याम्बर रहने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖