• Wednesday 7th of October 2026

कर्मचारीलाई ठूलो राहत: श्रम मन्त्री रामजी यादवको पहलमा ओभरटाइम भत्ता सुनिश्चित, बाध्य पार्न नपाइने !


  • धनकुटा खबर
  • .

काठमाडौ । बालेन सरकारका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको पहलमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको श्रम अधिकार सुनिश्चित भएको छ।

मन्त्रालयको निर्देशनपछि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै अतिरिक्त समय काम गराउँदा अनिवार्य ओभरटाइम भत्ता (OT Allowance) दिनुपर्ने व्यवस्था गरेको हो।

अबदेखि कुनै पनि कर्मचारीलाई इच्छाविपरीत अतिरिक्त समय काम गर्न बाध्य पार्न पाइने छैन भने श्रम ऐन पूर्ण रूपमा पालना गर्नुपर्नेछ।

लामो समयदेखि अतिरिक्त कामको उचित पारिश्रमिक नपाएका हजारौँ बैंक कर्मचारी र सुरक्षा गार्डहरू मन्त्री यादवको यो ऐतिहासिक कदमबाट लाभान्वित हुने भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖