• Wednesday 7th of October 2026

आजदेखि लगातार चार दिन बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ १४ । आजदेखि चार दिन सरकारी कार्यालय बन्द रहने भएका छन् ।

सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आज बिहीबारका दिन बक इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै छ भने पर्सी जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै भएकाले यो साता लगातार चार दिन सार्वजनिब बिदा परेको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालको ओपीडी सेवा आंशिक रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । तर, कतिपय अस्पतालहरूले जनशक्ति व्यवस्थापन र प्रशासनिक कठिनाइका कारण पूर्ण रूपमा सेवा सञ्चालन गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖