• Sunday 4th of October 2026

८०० करोडको सम्पति भएकी नायिका १७ हजारको फ्लाटमा बस्न बिबश


  • धनकुटा खबर
  • .

मुम्बई, १९ जेठ। बलिउडकी यी अभिनेत्री ठूलो परिवारकी हुन् । उनका बुबाले भारतीय क्रिकेट टोलीको कप्तानी गरेका छन् भने आमा अनुभवी अभिनेत्री थिइन्। जबकि उनका श्रीमान्, दाजु र भाउजुको पनि बलिउडसँग सम्बन्धित छन । नायिकाका बुवा अब यो संसारमा छैनन् ।

 

कुनै बेला उनले ८०० करोड रुपैयाँको हवेली छोडेकी थिइन्। यति हुँदाहुँदै पनि अभिनेत्रीलाई कहिलेकाहीं मुम्बईमा भाडाको फ्ल्याटमा बस्न बाध्य पारिएको थियो । ती अभिनेत्री को हुन सक्छन् भन्ने अनुमान लगाउन सक्नुभएको छ ?

 

यहाँ हामी यहाँ सोहा अली खानको बारेमा कुरा गर्दैछौं। सोहा अली खानका पिता मन्सूर अली खान पटौदी रियासतका नवौं नवाब थिए। उनीसँग बहुमूल्य पटौदी दरबार (गुरुग्राम) थियो। जसको स्वामित्व अहिले उनका छोरा र सोहाका भाइ तथा अभिनेता सैफ अली खानसँग रहेको छ।

 

हालै एक कुराकानीका क्रममा सोहा अली खानले कुनै बेला आफू भाडाको फ्ल्याटमा बसेको खुलासा गरेकी छिन् । उनले यसको पछाडिको कारण पनि खुलाएकी छिन् । 

 

सोहा जब भाडाको घरमा बस्थिन्, उनलाई भाडामा बस्नु पर्ने अवस्था थिएन् किन भने उनीलाई कुनै कुराको पनि कमी भने थिएन तर उनी बसिन् । उनको परिवार पैसा देखि लोकप्रियता सबैमा धनी थियो। र, अभिनेत्री बन्नु अघि सोहाले बैंकमासमेत काम गरेकी थिइन् ।

 

सोहा अली खानले आफू मुम्बईको लोखंडवालामा भाडाको फ्ल्याटमा बसेको बताइन् । त्यहाँ नायिकाले मासिक १७ हजार पारिश्रमिक लिने गर्थिन् । उनले थप भने, ‘मैले स्वतन्त्र जीवन जिउनु खोजे र आफ्नो निर्णय आफैले लिन सकू भनेर पैसा आफै कमाउने सोच आयो ताकी अरुको कुरा सुन्नु नपरोस्।’ सोहाका अनुसार बैंकमा जागिरबाट बार्षिक २ लाख २० हजार रुपैयाँ पाए पनि उनले आफ्नो तलबको लगभग सम्पूर्ण हिस्सा घरभाडामा नै खर्च गरेकी थिइन् ।

 

सोहाले थप भनिन्, ‘यो मेरो लागि काममा सन्तुष्ट थिएँ, जब म १७ हजार रुपैयाँ भाडा तिर्दै थिएँ, त्यतिबेला म बैंकमा जागिर थिएँ तर म फेरि फिल्ममा करियर बनाउन चाहन्थें र मलाई थाहा थियो कि मेरा आमाबुवा यो निर्णयबाट दुखी हुनु हुनेछ तर म आफ्नो निर्णय आफै लिन सक्छु किनभने म आफैं कमाउन थालेको थिएँ।’

 

उनले यसलाई दुस्साहसी निर्णयको रूपमा लिएको र भाडाको घर र बैंकको जागिरले आत्मनिर्भर र निर्णय गर्ने क्षमता बढाएको बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖