• Monday 5th of October 2026

कुशलको नाममा अर्को शतक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली क्रिकेट टोलीका विस्फोटक ओपनर कुशल भुर्तेलले नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा अर्को कोशेढुंगा पार गरेका छन् ।

एसियन गेम्स पुरुष छनोट २०२६ अन्तर्गत मलेसियाविरुद्धको खेलमा भुर्तेलले अर्को शतक बनाउन सफल भएका हुन् ।

उनले ४४ बलको सामना गर्दै शतक पूरा गरे । यस क्रममा उनले १० चौका र ७ छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रियमा उनको यो तेस्रो शतक हो ।

उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बनेका छन् । यसअघि यो रेकर्ड दीपेन्द्र सिंह ऐरीको नाममा थियो । दीपेन्द्रले ९८ खेलमा २ हजार १८० रन बनाउँदै यो रेकर्ड कायम गरेका थिए । भुर्तेलले मात्र ७८ खेलमा यो रेकर्ड उछिन्न सफल भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖