• Tuesday 6th of October 2026

कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा गर्ने भएको छ ।

बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ ।

नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउने छन् ।

परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चलान हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖