• Monday 5th of October 2026

खेल सुरु भएको २ मिनेटमै टर्कीविरुद्ध पाराग्वेकाे अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६काे समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल सुरु भएको केही मिनेटमै पाराग्वेले अग्रता लिएको छ।

खेल सुरु भएको २ मिनेटमै पाराग्वेका मारियो गालार्जाले गोल गर्दै आफ्नो टोलीलाई १–० ले अघि पारेका हुन्। उक्त गोलका लागि जोआन एनसिसोले असिस्ट दिएका थिए।

टर्की सुरुवातदेखि नै दबाबमा देखिएको छ । खेल सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी छ।

अझै धेरै समय बाँकी रहेकाले खेलको नतिजा खुला अवस्थामा रहेको छ र दुवै टोलीबीच प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖