• Tuesday 6th of October 2026

विवाद समाधानकाे जिम्मा रविलाई दिइएपछि बन्दसत्र सुरु


  • धनकुटा खबर
  • .

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबारदेखि सुरु हुने भनिएको बन्दसत्र मंगलबारबाट सुरु भएको छ।

पार्टी सभापति रवि लामिछाने महाधिवेशन स्थल पुगेपछि बन्दसत्र सुरु गरिएको हो।

मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि बन्दसत्र करिब साढे ३ बजेदेखि मात्र सुरु भएको हो। महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण निर्धारित समयमा बन्दसत्र सुरु हुन नसकेको नेताहरूले बताएका छन्।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह पनि महाधिवेशन स्थलतर्फ आउने क्रममा रहेका छन्।

पार्टीभित्र देखिएको प्रतिनिधि विवाद समाधान गर्ने जिम्मेवारी सभापति लामिछानेलाई दिँदै बन्दसत्र सुरु गरिएको नेताहरूले बताएका छन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा राजनीतिक, सांगठनिक तथा विधानसम्बन्धी प्रस्तावमाथि छलफल हुने र त्यसपछि नेतृत्व चयन प्रक्रिया अघि बढाइने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖