• Sunday 4th of October 2026

फिफा विश्वकप : राउन्ड अफ १६ को पहिलो खेल आजवाट, क्यानडा र मोरोक्को भिडदैँ


  • धनकुटा खबर
  • .

काठमाडौं, २० असार । सन् २०२६ को फिफा विश्वकपअन्तर्गत ‘राउन्ड अफ १६’ का खेलहरू आज रातिबाट सुरु हुँदैछन्।

 

पहिलो खेलमा आयोजक क्यानडाले मोरक्कोको सामना गर्नेछ, यो खेल ह्युस्टन रंगशालामा राति १०ः४५ बजेवाट सुरु हुनेछ । 

 

क्यानडा र मोरक्कोबीच हालसम्म कुल दुई खेल खेलिएका छन्, जसमा दुवै खेलमा मोरक्कोको दबदबा रहेको छ । मोरक्कोले एउटा खेल जितेको छ भने अर्को खेल बराबरीमा टुंगिएको छ । क्यानडा अझै पनि मोरक्कोविरुद्ध आफ्नो पहिलो जितको खोजीमा रहनेछ। फिफा विश्वकपको इतिहासमा यो उनीहरूबीचको दोस्रो भेट हुनेछ । यसअघि सन् २०२२ को विश्वकपको समूह चरणमा मोरक्कोले क्यानडालाई २–१ ले पराजित गरेको थियो।

 

क्यानडाले ‘राउन्ड अफ ३२’ मा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्‍यो। यसअघि समूह चरणमा टोलीले कतारलाई ६–० को फराकिलो अन्तरले हराएको थियो। बोस्नियाविरुद्धको खेल १–१ को बराबरीमा टुंगिएको थियो भने स्विट्जरल्यान्डविरुद्ध उनीहरू २–१ ले पराजित भएका थिए ।

 

अर्कोतर्फ, मोरक्कोले ‘राउन्ड अफ ३२’ मा रोमाञ्चक जित हासिल गर्‍यो। नेदरल्यान्ड्सविरुद्धको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि मोरक्कोले पेनाल्टी सुटआउटमा ३–२ को जित निकाल्यो। यसअघि समूह चरणमा मोरक्कोले हाइटीलाई ४–२ र स्कटल्याण्डलाई १–० ले पराजित गरेको थियो भने ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो ।

 

क्यानडा आफ्ना स्टार डिफेन्डर अल्फोन्सो डेभिस र फरवार्ड जोनाथन डेभिडबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ भने अर्कोतर्फ मोरक्को स्टार विंगर हाकिम जियेच र डिफेन्डर अचरफ हाकिमीको अनुभवमा निर्भर रहनेछ।

दुवै टोलीका सम्भावित प्लेइङ ११ः

क्यानडाः म्याक्सिम क्रेपो, एलिस्टर जोनस्टन, कमल मिलर, डेरेक कोर्नेलिअस, अल्फोन्सो डेभिस, इस्माएल कोने, स्टेफन युस्टाकियो, ताजोन बुकानन, जोनाथन डेभिड, काइल लारिन, लियाम मिलर।

मोरक्कोः यासिन बोनोउ, अचराफ हाकिमी, नायफ अगुएर्ड, रोमेन साइस, नोसैर माजरौई, सोफ्यान अम्राबात, एजेदिन ओनाही, सेलिम अमल्लाह, हाकिम जियेच, युसेफ एन(नेसिरी, सोफियान बौफल।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖