• Sunday 4th of October 2026

अमिर खानको सम्पत्ति छ झन्डै २ हजार करोड, बिलासी कारका छन सौखिन


  • धनकुटा खबर
  • .

मुम्बई, २२ असार । बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्राटसँग तेस्रो पटक विवाह गरेका छन्।

 

गौरीसँग जीवनको नयाँ अध्याय सुरु गर्न लागेका आमिर आफ्ना उत्कृष्ट चलचित्रहरूका साथै अकुत सम्पत्ति र विलासी जीवनशैलीका लागि पनि परिचित छन्। आउनुहोस्, उनको कुल सम्पत्तिबारे जानकारी लिऔँ।

 

‘फर्स्टपोस्ट’ एक समाचार अनुसार आमिर खानको कुल सम्पत्ति करिब १ हजार ८६२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ। उनी आज बलिउडका सबैभन्दा धनी अभिनेताहरूमध्ये एकमा गनिन्छन्। आमिरको आम्दानी चलचित्रमा अभिनय, आफ्नै प्रोडक्सन हाउस र विभिन्न ब्रान्डको प्रचारप्रसारबाट हुने गर्छ । यसरी नै उनले करोडौंको सम्पत्ति आर्जन गरेका हुन्।

 

विगतका वर्षहरूमा आमिर खानले धेरै महँगा सम्पत्तिहरू खरिद गरेका थिए । विभिन्न रिपोर्टहरूका अनुसार उनीसँग मुम्बईको पाली हिलमा करिब ६० करोड रुपैयाँ मूल्य पर्ने सम्पत्ति छ। यसका साथै सोही क्षेत्रमा उनको अर्को सुविधा सम्पन्न अपार्टमेन्ट पनि छ। उनीसँग मुम्बईमा धेरै फ्ल्याट र अपार्टमेन्टहरू छन् भने पञ्चगनीमा करिब ७ करोड रुपैयाँ मूल्यको फार्म हाउस पनि रहेको छ।

 

यति मात्र होइन, आमिरसँग बान्द्रामा एउटा आलिशान बंगला छ, जसको मूल्य करिब ६० करोड रुपैयाँ रहेको बताइन्छ। साथै, उनीसँग उत्तर प्रदेशको हरदोई जिल्लास्थित शाहबादमा करिब २२ वटा पुर्ख्यौली घरहरू पनि रहेका छन्। यसका अतिरिक्त विभिन्न रिपोर्टहरूका अनुसार उनीसँग अमेरिकाको बेभर्ली हिल्सस्थित करिब ७५ करोड रुपैयाँ मूल्य पर्ने एउटा भव्य घर पनि रहेको छ।

 

आमिर खानलाई पनि विलासी कारहरूको धेरै शौक छ। उनको कार संग्रहमा धेरै महँगा र भव्य गाडीहरू छन्। रिपोर्टका अनुसार उनीसँग रोल्स–रोयस घोस्ट, मर्सिडीज बेन्ज र बेन्टले कन्टिनेन्टल फ्लाइङ स्परजस्ता विलासी कारहरू छन्, जसको मूल्य करोडौं रुपैयाँ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖