• Tuesday 6th of October 2026

रास्वपा केन्द्रीय समितिबाट पूजा बास्तोला फेरि ‘आउट’, सोम शर्मा ‘इन’


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सोम शर्मा पुनः कायम भएका छन्। यसअघि पूजा बास्तोलाको उजुरीपछि शर्माको नाम हटाइएको थियो।

तर, पार्टीको निर्वाचन आयोगले नामावली सच्याउँदै शर्मालाई पुनः केन्द्रीय सदस्यका रूपमा कायम गरेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

केसीका अनुसार पाँच जना निर्वाचित केन्द्रीय सदस्यहरूमध्ये दुई जना महिलाको प्रतिनिधित्व अनिवार्य हुने व्यवस्था विधानमा छ। साथै, सबैभन्दा बढी जनसंख्या भएको क्लस्टरबाट पनि एक जना प्रतिनिधि हुनुपर्ने प्रावधान रहेकाले सो व्यवस्थाअनुसार विष्णुकुमारी गुरुङलाई कायम गरिएको हो।

उनले भने, “पाँच जनामध्ये तीन जनाको निर्णय पहिले नै भइसकेको थियो। दुई जनाको हकमा उजुरी परेको थियो। पूजा बास्तोला मतका आधारमा पाँचौँ स्थानमा हुनुहुन्थ्यो, तर विधानअनुसार सबैभन्दा बढी जनसंख्या भएको क्लस्टरबाट पनि एक जना पर्नुपर्ने भएकाले विष्णुकुमारी गुरुङलाई यथावत् राखिएको हो।”

मत परिणामअनुसार पूजा बास्तोला पाँचौँ र विष्णुकुमारी गुरुङ सातौँ स्थानमा रहेकी थिइन्। निर्वाचन आयोगको निर्णय अन्तिम हुने भएकाले अब केन्द्रीय समितिमा सोम शर्माको नाम नै कायम रहने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖