• Sunday 4th of October 2026

दिपिका पादुकोण केही महिनामा पुनः आमा बन्दै


  • धनकुटा खबर
  • .

मुम्बई, २८ असार । दीपिका पादुकोण हाल आफ्नो गर्भावस्थाका कारण चर्चामा छिन्।

 

उनले अप्रिलमा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् र अहिले उनी गर्भावस्थाको तेस्रो चरण (तेस्रो ट्राइमेस्टर) मा प्रवेश गरेकी छिन्। उनले यो चरण कस्तो हुन्छ भन्ने कुरा झल्काउने एउटा ‘मीम’ साझा गरेकी छिन्।

दीपिकाले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा उक्त मीम पोस्ट गरेकी हुन्, यसमा एक महिलालाई बाथरुमसम्म पुग्न संघर्ष गरिरहेको देखाइएको छ। यसको क्याप्सनमा लेखिएको छ, ‘जब तपाईं तेस्रो ट्राइमेस्टरको समयमा राती बाथरुम जान उठ्नुहुन्छ।’

 

यस खबरमार्फत दीपिकाले आफू गर्भावस्थाको तेस्रो त्रैमासिकमा रहेको पुष्टि गरेकी छिन्, यसको अर्थ उनी गर्भावस्थाको सातौं महिना पार गरिसकेकी छिन् र केही साताभित्रै बच्चालाई जन्म दिन सक्छिन्।

 

१९ अप्रिलमा दीपिका पादुकोण र रणवीर सिंहले संयुक्त पोस्टमार्फत आफूहरू दोस्रो पटक आमा बुवा बन्न लागेको खुसीको खबर सार्वजनिक गरेका थिए। उनीहरूले ‘पोजिटिभ प्रेग्नेन्सी टेस्ट’ किट समातेकी आफ्नी छोरी दुआको तस्बिर साझा गर्दै यो महत्त्वपूर्ण घोषणा गरेका हुन्। उक्त पोस्टमा ‘इभिल आई’ अर्थात नजर नलागोस् भन्ने भावको क्याप्सन राखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖