• Sunday 4th of October 2026

ब्रेन ट्युमर भएपछि अभिनेत्री दीपाश्री निरौलाको शल्यक्रिया सफल


  • धनकुटा खबर
  • .

काठमाडौँ। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

ब्रेन ट्युमरको समस्या देखिएपछि उनी गत मङ्गलबारदेखि काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन्। उनको न्यूरोसर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको हो।

यसबारे जानकारी दिँदै उनका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत शल्यक्रिया सफल भएको बताएका छन्।

उनका अनुसार दीपाश्रीलाई अहिले सघन उपचार कक्ष (आईसीयू) बाट जनरल वार्डमा सारिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ र एक साताभित्र डिस्चार्ज गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖