• Sunday 4th of October 2026

फ्रान्सका प्रशिक्षकको प्रश्नः के ती रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य स्तरका थिए त ?


  • धनकुटा खबर
  • .

काठमाडौं । फ्रान्सका प्रशिक्षक डिडिए डेसचाम्प्सले रेफ्रीको स्तरमाथि प्रश्न उठाएका छन् ।

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनसँग पराजित भएसँगै फ्रान्सका प्रशिक्षक डेसचाम्प्सले रेफ्रीको स्तरमाथि प्रश्न उठाएका हुन् ।

‘म एउटा गम्भीर प्रश्न सोध्छु। के ती रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य स्तरका थिए त ?,’ उनले प्रश्न गरे ।

खेलका केही निर्णयहरू पक्षपातपूर्ण रहेको प्रशिक्षक डेसच्याम्प्सको दाबी छ । उनले भने, ‘मैले यो कुरा आज हामीले खेल हारेकै कारणले मात्र भनिरहेको छैन । त्यहाँ निकै धेरै परिस्थितिहरू सिर्जना भएका थिए । केही निर्णयहरू त निकै पक्षपातपूर्ण समेत थिए ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖