• Tuesday 6th of October 2026

सिंहदरबार अगाडि प्रदर्शनका क्रममा अनेरास्ववियु अध्यक्ष दीपक धामी लगायतका विद्यार्थी नेता पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित सात जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ।

अनेरास्ववियुका अनुसार काठमाडौंका सञ्चारगृहको गेट तथा सडकमा भएको शंकास्पद सवारी पार्किङको विरोधमा बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी गरिएको प्रदर्शनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

अनेरास्ववियुका नेता गोपाल नेपालका अनुसार पक्राउ पर्नेमा अध्यक्ष दीपक धामी, अनेरास्ववियु निर्वाचन आयोगका अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय समिति सचिव सुदीप थापा र सिरिस बुढा रहेका छन्।

संगठनले उक्त प्रदर्शन शान्तिपूर्ण रहेको दाबी गर्दै पक्राउ परेका सबै विद्यार्थी नेतालाई विनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

प्रहरीले भने पक्राउबारे औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖