• Tuesday 6th of October 2026

निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो


  • धनकुटा खबर
  • .

काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै आएकी निहारिका राजपूतलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर सिंहदरबार वृत्तमा लगेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार राजपूत लगातार सिंहदरबार गेटमा धर्ना बस्दै आएपछि उनको माग र अवस्थाबारे बुझ्न तथा आवश्यक काउन्सेलिङका लागि प्रहरी वृत्तमा लगिएको हो।

बच्चासहित धर्नामा बस्दै आएकी राजपूतले आफ्नो बच्चालाई मार्ने प्रयास भइरहेको र आफूमाथि दमन गरिएको आरोप लगाएकी छन्।

प्रहरीले भने राजपूतले उठाएका विषयमा आवश्यक सोधपुछ तथा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖