• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

मुखमा धेरै र्‍याल आउनु कुनै रोगको लक्षण हो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । मुखबाट र्‍याल आउनु सामान्य घटना हो । तर जब मुखमा अत्यधिक र्‍याल आउँछ अनि पल्टिँदा वा सुत्दा पनि लगातार र्‍याल चुहिन्छ भने चाहिँ यो चिन्ताको कारण हुन सक्छ ।

अत्यधिक र्‍याल आउनु स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ । यसलाई चिकित्सकीय भाषामा हाइपरसालिभेसन भनिन्छ । यो कुनै रोग होइन, तर यो तल उल्लेख गरिएका केही स्वास्थ्य समस्याहरूले गर्दा पनि हुन सक्छ ।

साइनसाइटिस वा मोनोन्यूक्लियोसिस

–टन्सिल समस्या वा स्ट्रेप थ्रोट

–एलर्जी

–गर्भावस्थामा र्‍याल बग्न सक्छ

मांसपेशीको नियन्त्रण गुमाउनु कारण हुन सक्छ । अनुहारको मांसपेशीहरूले उचित रूपमा काम गर्न नसक्नु वा मांसपेशी नियन्त्रण कम हुनुको कारणले र्‍याल बग्न सक्छ ।

आहार पनि एक कारण हुन सक्छ । केही खानेकुराहरूले र्‍याल उत्पादन बढाउन सक्छ । चिनीयुक्त खानेकुरा वा उच्च–एसिडिक र उच्च–सिट्रस फलफूलको अत्यधिक सेवनले पनि अत्यधिक र्‍याल आउन सक्छ ।

उमेर पनि एउटा कारक हो । कम उमेरका बालबालिकाहरूको मुखबाट र्‍याल निस्कन्छ । वृद्धावस्थामा भने पुरुषहरूमा यो समस्या आउन सक्छ ।

स्नायुसम्बन्धी विकारहरू यसको कारण हुन सक्छ । स्ट्रोक, डाउन सिन्ड्रोम वा अटिजम जस्ता स्नायु सम्बन्धी अवस्थाहरूमा मुखबार र्‍याल बग्न सक्छ ।

सुत्दा किन बग्छ र्‍याल ?

सुत्ने स्थिति सही नभएको बेला र्‍याल बग्न सक्छ । यदि कुनै व्यक्ति कोल्टे सुत्छ भने, मुखमा जम्मा भएको र्‍याल मुखको कुनाबाट बाहिर निस्कन सक्छ । यद्यपि, यदि सुत्ने स्थिति सही छ तर पनि मुखबाट र्‍याल बगिरहेको छ भने एलर्जी, संक्रमण, वा एसिड रिफ्लक्सको कारणले र्‍याल चुहिन सक्छ ।

र्‍याल बग्ने समस्यालाई सम्बोधन गर्न पहिले त समस्याको मूल कारण खोजबिन गरिन्छ । कारण पहिचान भएपछि, सोही अनुसार औषधि दिइन्छ । केही अवस्थामा, मोटर थेरापीले पनि यो समस्या समाधान हुन्छ, जबकि केही मामिलामा भने ओरल अप्लायन्स थेरापी प्रयोग गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖