• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

एमाले नेता ईश्वर पोखरेलकी पत्नी मिरा पोखरेललाई क्यान्सर, भारतमा उपचार हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलकी पत्नी तथा पूर्वसंविधानसभा सदस्य मिरा पोखरेल (ध्वोजु) क्यान्सरबाट पीडित रहेको खुलेको छ।

शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेता पोखरेलले मिरा पोखरेलको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको बताएका छन्। उनले क्यान्सरको प्रकारबारे भने कुनै विवरण सार्वजनिक गरेका छैनन्।

मिरा पोखरेल लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उनी संविधानसभा सदस्यसमेत भइसकेकी छन्।

पत्नीको उपचारमा आफूलाई समय दिनुपर्ने भएकाले केही समय राजनीतिक गतिविधिमा प्रत्यक्ष रूपमा सक्रिय हुन नसक्ने जानकारी पनि ईश्वर पोखरेलले दिएका छन्।

पोखरेलले यस कठिन समयमा स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट शुभेच्छा व्यक्त गर्ने तथा प्रत्यक्ष भेटेर हौसला प्रदान गर्ने सबै साथीभाइ, शुभेच्छुक र आफन्तप्रति आभार व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यस अवधिमा मिराजीको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्नुहुने तथा प्रतिकूल अवस्थाका बाबजुद प्रत्यक्ष भेट्न आउनुहुने सबै साथीहरू र आफन्तजनप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूको सद्भाव, शुभेच्छा र सहयोगी भावनाले हामीलाई थप हौसला मिलिरहेको छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖