• Sunday 4th of October 2026

अर्जेन्टिनालाई स्तब्ध पार्दै स्पेनले उचाल्यो विश्वकपको उपाधी, जित्यो ५० मिलियन डलर


  • धनकुटा खबर
  • .

काठमाडौं । साबिक विजेता अर्जेन्टिनालाई १–० ले स्तब्ध पार्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

 

आइतबार मध्यराति न्युयोकको न्युजर्सी रंगशालामा सम्पन्न फाइनल खेल गोलरहित बराबरी भए पछि अतिरिक्त समयमा धकेलिएको पछि सोही समयमा स्पेनले साबिक बिजेता अर्जेन्टिनालाई स्तब्ध पारिदिएको हो । विश्वबिजेता बनेसँगै स्पेनले ५० मिलियन अमेरिकी डलर नगद पनि हासिल गरेको छ । 

स्पेनका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर फेरान टोरेसले अतिरिक्त समयमा गरेको गोल नै स्पेनको बिश्व बिजेता बन्नका लागि  निर्णायक गोल भइदियो। उनले फाइनल खेलको अतिरिक्त समयको १०६औँ मिनेटमा  गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाउन पर्याप्त भयो ।

 

स्पेनले विश्वकप २०२६ को बिजेता बन्दासम्म जम्मा १ गोल मात्रै बेल्जियमवाट खाएको थियो, अन्य कुनै ८ खेलमा उसले १ गोल पनि नखाइ दोस्रो पटक बिश्व बिजेता बनेको हो, यो आफैँमा नयाँ रेकर्डहो । बिश्वबिजेता बन्नु अघि स्पेनले विश्वकपका लागि नयाँ टोली केप भर्डेविरुद्धको खेल ०–० को बराबरीमा टुंग्याउँदै आफ्नो बिजय अभियानको सुरुवात गरेको थियो। 

 

त्यस पछि स्पेनले लगातार ६ खेल जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । स्पेनको टोलीले अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पराजित गर्‍यो भने सेमिफाइनलमा पुर्व विश्वकप बिजेता फ्रान्सलाई २–० ले हराएर अप्रत्याशित नतिजा निकाल्यो । यस विश्वकपको पूरा प्रतियोगिता भरि स्पेनले मात्र एक गोल खाएको थियो । गोलकिपर उनाई सिमोनले एकै विश्वकप अभियानमा सर्वाधिक ७ पटक ‘क्लिन सिट’ अर्थात गोल नखाई खेल पूरा गर्ने किर्तिमान बनाइ सकेका छन भने कप्तान रोड्रीले ६४८ सफल पास पूरा गर्दै कीर्तिमान कायम गरेका थिए।

 

खासमा, अर्जेन्टिना र स्पेन बिचमा हालसम्म १५ वटा खेल खेलिएका छन्। फाइनल अघि दुवै टोलीले समान ६–६ खेल जितेका थिए भने दुई खेल बराबरीमा टुंगिएको रेकर्ड थियो । विश्वकपमा उनीहरूबीच यो दोस्रो पटकको प्रतिस्पर्धा थियो । सन् १९६६ मा भएको पहिलो खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरे पनि सन् २०१८ को मैत्रीपूर्ण खेलमा भने स्पेनले अर्जेन्टिनालाई ६–१ ले हराएको थियो। त्यसपछिको खेलमा पुनः हराउँदै स्पेन विश्वकप बिजेता टोली बनेको हो । 

स्पेन विश्वकप बिजेता बने सँगै सोही टोलीका पाउ कुबार्सिले फिफा युवा खेलाडी पुरस्कार जितेका छन् भने स्पेनका फेरान टोरेसले ‘प्लेयर अफ द म्याच’ को उपाधि जितेका छन्, त्यसो त गोल किपर गोलकिपर उनाई सिमोनले ‘गोल्डेन ग्लब’ जितेका छन ।  

स्पेनको यो दोस्रो फिफा विश्वकप उपाधि हो । यसअघि स्पेनले सन् २०१० मा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖