• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

घरमा बनाउन सकिने यी ५ फेसप्याक, जसले छालालाई बनाउँछ चम्किलो र स्वस्थ


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ साउन । वर्षायाममा हावामा हुने उच्च आर्द्रताका कारण छाला चिपचिपे र तैलीय हुनुका साथै डन्डीफोर आउने सम्भावना बढ्छ।

 

यस्तो अवस्थामा केवल फेस वासको प्रयोग पर्याप्त नहुन सक्छ। यदि तपाईं धेरै खर्च नगरी छालाको हेरचाह गर्न चाहनुहुन्छ भने घरमै पाइने प्राकृतिक सामग्रीबाट बनाइएका फेस प्याकहरू निकै उपयोगी हुन सक्छन्।

 

यी फेस प्याकहरूले छालालाई सफा, नरम र ताजा राख्न मद्दत गर्छन्। सुत्नु अघि राती यस्ता फेस प्याकहरू प्रयोग गर्नु लाभदायक मानिन्छ यसले छालाको पीएच सन्तुलन कायम राख्न र प्राकृतिक चमक जोगाइराख्न निकै मद्दत पुर्‍याउँछ। आउनुहोस्, जानौं त्यस्ता फेस प्याकहरूका बारेमा ।

ओट्स र दही

यस फेस प्याकका लागि आवश्यक सामग्रीहरू तपाईंको भान्सामा नै सजिलै पाइन्छन्। ओट्स, दही, मह र अण्डालाई मिसाउनु होस् र उक्त मिश्रणलाई १५–२० मिनेटसम्म अनुहारमा लगाउनु होस्। यसले अनुहारको अतिरिक्त चिल्लोपन हटाउन र छालालाई नरम बनाउन मद्दत गर्छ।

 

बेसन र गुलाब जल

बेसनमा बेसार, कागतीको रस र गुलाब जल मिसाएर लेप अर्थात पेस्ट तयार पार्नुहोस्। यसलाई १५ मिनेटसम्म अनुहारमा लगाउनु होस्। यो छाला सफा गर्न र डन्डीफोरको समस्या कम गर्न उपयोगी मानिन्छ।

मह र टी ट्री तेल

महमा ल्याभेन्डर र टी–ट्री एसन्सियल आयलका केही थोपा मिसाउनु होस् र उक्त मिश्रणलाई १० मिनेटसम्म अनुहारमा लगाउनु होस्। यसले छालालाई शान्त पार्न र डन्डीफोर सम्बन्धी समस्याहरू कम गर्न मद्दत गर्न सक्छ।

 

चन्दन र बेसार

वैकल्पिक रूपमा चन्दनको धुलो, बेसार र गुलाब जल प्रयोग गरेर पेस्ट बनाउनु होस् र यसलाई अनुहारमा लगाउनु होस्। यसले छालालाई शीतलता प्रदान गर्न र अतिरिक्त चिल्लोपन कम गर्न मद्दत गर्छ।

 

कागती र मह
उपलब्ध जानकारी अनुसार तपाईं कागतीको रसमा मह मिसाएर उक्त मिश्रणलाई १० मिनेटसम्म अनुहारमा लगाउन सक्नु हुन्छ। यसले छालाको पिएच सन्तुलनमा राख्न र यसको प्राकृतिक चमक कायम राख्न मद्दत गर्न सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖