• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

डा. गोविन्द केसीलाई तोसिमा कार्कीको आग्रह : ‘अनसन छाड्नुस्, सरकार तपाईंका जायज मागमा सहकार्य गर्न तयार छ’


  • धनकुटा खबर
  • .

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै अनसन अन्त्य गर्न अनुरोध गरेकी छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले डा. केसीजस्ता व्यक्तिले फेरि अनसन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गरेकी हुन्।

उनले वर्तमान सरकार जनताको आवाज सुन्ने ‘सेवक सरकार’ भएको उल्लेख गर्दै डा. केसीका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गरेकी छन्।

‘विगतका सरकारमा तपाईंले पटक–पटक शोषक र शासक देख्नुभयो होला। अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो। जनताको आवाज सुन्छ, तपाईं जस्तो निस्वार्थ विज्ञको सुझाव पनि सुन्छ,’ कार्कीले लेखेकी छन्।

उनले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गर्दै चिकित्सा शिक्षालाई स्वच्छ, प्रभावकारी र जनमुखी बनाउन उनका जायज मागमा सरकार सहकार्य गर्न तयार रहेको बताएकी छन्।

यसअघि बिहीबारदेखि डा. गोविन्द केसी धनगढीमा विभिन्न माग राख्दै आमरण अनसनमा बसेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖