• Monday 5th of October 2026

सरकारले गर्‍यो २३ सहसचिवको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले २३ सहसचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले २३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो ।

मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, नियोग र प्रदेश सचिवका रूपमा कार्यरत सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।

सरुवा सूचीअनुसार गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यापक हेरफेर गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖