• Sunday 4th of October 2026

शाहरूखका छोरा आर्यन डेनिस गायिकासँग लन्डनको क्यासिनोमा


  • धनकुटा खबर
  • .

लन्डन, १६ साउन । लन्डनमा शाहरुख खानका छोरा आर्यन खानको हालैको बाहिरी चहलपहल सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

 

शाहरुख खान, गौरी खान, आर्यन, सुहाना खान र अबराम खानसहित सम्पूर्ण खान परिवार केही समयदेखि लन्डनमा बिदा मनाइरहेको छ। शाहरुख खान हालै सुहाना र गौरीसँग देखिए पछि अब आर्यन खान पनि अबेर राति बाहिर निस्किएको अवस्थामा देखिएका छन्।

 

गत वर्ष लोकप्रिय नेटफ्लिक्स सिरिज ‘द ब्याड ब्वाइज अफ बलिउड’ मार्फत निर्देशनमा डेब्यु गरेका ती स्टार किड एक महिलासँग देखिएका छन्। लन्डनको क्यासिनोबाट बाहिरिँदै गरेका उनीहरूको भिडियोले निकै चर्चा पाएको छ र यसले उनीहरूबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजीलाई पनि प्रश्रय दिएको छ।

सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल भइरहेका छन्, जसमा आर्यन खान एक प्रशंसकसँग तस्बिर खिचाए पछि अर्की एक महिलासँग देखिएका छन्। इन्टरनेटले ती महिलाको पहिचान तुरुन्तै पत्ता लगाएको छ, उनी डेनिस गायिका विनी टकाइर हुन् र उनी लन्डनको एक क्यासिनोबाट आर्यनसँग बाहिर निस्किँदै गरेको अवस्थामा देखिएकी थिइन्। क्यासिनो बाहिर गाडीको प्रतीक्षा गरिरहँदा आर्यन र विनी दुवैले मिल्दोजुल्दो कालो पहिरन लगाएका थिए।

 

चाखलाग्दो कुरा के छ भने भिनीले इन्स्टाग्राममा आफ्नो लन्डन भ्रमणका तस्बिरहरू पोस्ट गरिरहेकी छिन्, यद्यपि तीमध्ये कुनैमा पनि आर्यन भने देखिएका छैनन्। तैपनि, सूक्ष्म रूपमा नियाल्ने फलोअर्सहरूले उनी र आर्यनले उक्त प्लेटफर्ममा एक अर्कालाई फ्लो गरेको कुरा पत्ता लगाएका छन्। यसका साथै, उनीहरूका केही साझा साथीहरू पनि रहेको देखिन्छ, जसले गर्दा मानिसहरू उनीहरू एक अर्कासँग पहिलेदेखि नै परिचित रहेको अनुमान गरिरहेका छन्।

 

यसअघि आर्यन ब्राजिली मोडल तथा अभिनेत्री लारिसा बोनेसीसँग डेटिङ गरिरहेको चर्चा थियो । उनी आर्यनको लक्जरी स्ट्रिटवेयर ब्रान्डको प्रवर्द्धनात्मक अभियानमा देखिएकी थिइन्। उनी मुम्बईमा आयोजित आर्यनको निर्देशनमा बनेको पहिलो चलचित्रको प्रिमियरमा पनि उपस्थित भएकी थिइन्।

 

विनी टाकियार डेनमार्ककी एक संगीत कलाकार हुन्। इन्स्टाग्राममा उनका करिब ११ हजार फलोअर्स छन्, जहाँ उनी आफ्नो संगीत र यात्रा सम्बन्धी जानकारीहरू साझा गर्छिन्। आफ्नो इन्स्टाग्राम प्रोफाइलमा उनले कोपनहेगन र मुम्बईलाई आफ्ना दुई गृह सहरका रूपमा उल्लेख गरेकी छिन्। उनले मुम्बईमा धेरै पटक प्रस्तुति दिइसकेकी छिन् र ‘शाइनिङ लाइट्स’, ‘मेबी आई लभ यू’ तथा ‘ट्रो मिग’ जस्ता आफ्ना गीतका म्युजिक भिडियोहरू पनि सार्वजनिक गरेकी छिन्।

 

मनोरञ्जन उद्योगमा आफ्नो करियरका साथै आर्यन एक उद्यमीका रूपमा पनि आफ्नो काम अघि बढाइरहेका छन्। लन्डनमा परिवारसँग बिदा मनाउनुका साथै यी युवा चलचित्र निर्माता आफ्नो प्रिमियम ब्रान्ड ‘डि एभोअल स्प्रिट’ प्रवर्द्धन गर्ने तयारीमा रहेको विश्वास गरिन्छ। यो एक प्रिमियम मदिरा ब्रान्ड हो, जसलाई उनले आफ्ना बुबा शाहरुखसँग मिलेर तयार पारेका हुन् र यसलाई बेलायती बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖