• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

अभिनेत्रीलाई बेहोस बनाएर यौन शोषण, निर्देशक शकील नूरानी पक्राउ


  • धनकुटा खबर
  • .

मुम्बई । हिन्दी फिल्म ‘जोरू का गुलाम’का निर्देशक ७३ वर्षीय शकील नूरानी यौन उत्पीडन, दुष्कर्म र ब्ल्याकमेलिङको आरोपमा पक्राउ परेका छन्।

३३ वर्षीया एक अभिनेत्रीले नूरानीविरुद्ध यौन शोषण, ब्ल्याकमेलिङलगायतका आरोप लगाउँदै मुम्बई प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीमा दर्ता भएको उजुरीअनुसार अभिनेत्रीको नूरानीसँग सन् २०१६ मा लोखण्डवालामा आयोजित एक अवार्ड कार्यक्रममा पहिलो भेट भएको थियो। सो क्रममा नूरानीले आगामी फिल्मका लागि काम गर्ने विषयमा कुराकानी गर्दै उनलाई सम्पर्कमा रहन भनेका थिए।

त्यसपछि अभिनेत्री स्क्रिप्ट पढ्न नूरानीको मालवानीस्थित घर पुगेकी थिइन्। उजुरीमा उल्लेख भएअनुसार त्यहाँ नूरानीले उनलाई सफ्ट ड्रिङ्क दिएका थिए। उक्त पेय पदार्थ सेवन गरेपछि आफू बेहोस भएको अभिनेत्रीको दाबी छ।

होसमा आएपछि नूरानीले आफ्नो मोबाइलमा उनको भिडियो देखाउँदै प्रहरी वा परिवारलाई घटनाबारे जानकारी गराए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको उनले आरोप लगाएकी छन्।

त्यसपछि सोही भिडियो देखाएर नूरानीले पटक–पटक आफूलाई यौन शोषण गरेको अभिनेत्रीको आरोप छ। यौन सम्बन्धपछि नूरानीले आफूलाई बारम्बार गर्भनिरोधक चक्की दिने गरेकोसमेत उनले उजुरीमा उल्लेख गरेकी छन्।

उजुरीपछि मालवानी प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा नूरानी सातारा जिल्लाको मेधा क्षेत्रमा रहेको एक फार्महाउसमा लुकेर बसेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उजुरी दर्ता भएपछि उनी करिब ४० दिनसम्म फरार थिए। प्राविधिक अनुसन्धानका आधारमा मेधास्थित फार्महाउसमा फेला पारिएपछि स्थानीय प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले नूरानीलाई शनिबार अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई आगामी १२ अगस्टसम्म प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

डीसीपी सन्दीप घुगेले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्। यता नूरानीका वकिल विकास सिंहले भने आफ्ना clientलाई झुटा मुद्दामा फसाइएको दाबी गरेका छन्। मुद्दा अदालतमा विचाराधीन रहेकाले यसबारे थप टिप्पणी नगर्ने उनले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖