• Sunday 4th of October 2026

साउदीको सोफा उधोगमा आगलागी हुदाँ १६ बंगलादेशीको मृत्यु, ३५ लाख बंगाली बस्छन साउदीमा


  • धनकुटा खबर
  • .

रियाद, २६ साउन । साउदी अरबको रियादस्थित एउटा सोफा कारखानामा लागेको आगोमा परी १६ जना बंगलादेशी कामदारको मृत्यु भएको छ।

 

सो आगलागीमा परी कम्तीमा १६ जना बंगलादेशी नागरिकको मृत्यु भएको पुष्टि भएको बंगलादेशको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

 

मन्त्रालयका अनुसार साउदी अरबको मुसा सनाइया क्षेत्रमा रहेको उक्त कारखानामा आइतबार अबेर आगलागी भएको थियो। बंगलादेश सरकारले यस घटना प्रति गहिरो दुःख व्यक्त गर्दै यस कठिन घडीमा मृतकका परिवारलाई पूर्ण सहयोग उपलब्ध गराइने जनाएको छ।

 

त्यसो त बंगलादेशको परराष्ट्र मन्त्रालयले साउदी अरबसाग समन्वय भइरहेको जनाएको छ। आगलागीको घटना पछि बंगलादेशी दूतावासका अधिकारीहरू घटनास्थल पुगेका छन्। बंगलादेशी अधिकारीहरू मृतकहरूको पहिचान गर्न साउदी अधिकारीहरूसँग मिलेर काम गरिरहेका छन् र शवहरू सम्बन्धी सम्पूर्ण आवश्यक प्रक्रियाहरू पूरा गरिँदैछ । बंगलादेशी दूतावासले यस घटनाका सम्बन्धमा साउदी अरबबाट थप जानकारी लिने प्रयास गरिरहेको छ। साथै, प्रभावित अन्य कामदारलाई सहयोग पनि उपलब्ध गराइँदैछ।

 

बंगलादेशी दूतावासले मृतकहरूको पहिचान गर्ने तथा कानुनी प्रक्रियाका लागि साउदी सरकारसँग समन्वय गर्नेलगायतका आवश्यक सबै कदम चालिरहेको जनाएको छ। बंगलादेशको परराष्ट्र मन्त्रालयले सम्पूर्ण परिस्थितिको नजिकबाट निगरानी गरिरहेको बताएको छ।

 

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले १६ जना नागरिकको मृत्यु प्रति दुःख व्यक्त गरेका छन् भने बंगलादेशका आप्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्री आरिफुल हक चौधरीले पनि १६ जना बंगलादेशी नागरिकको निधन प्रति दुःख व्यक्त गर्दै उनीहरूको परिवारजनमा सहयोग गर्ने प्रतिबद्दता जनाएका छन ।

 

बंगलादेशी दूतावासले मृतकहरूको पहिचान गर्ने तथा कानुनी प्रक्रियाका लागि साउदी सरकारसँग समन्वय गर्नेलगायतका आवश्यक सबै कदम चालिरहेको जनाएको छ। बंगलादेशको परराष्ट्र मन्त्रालयले सम्पूर्ण परिस्थितिको नजिकबाट निगरानी गरिरहेको बताएको छ।

 

साउदी अरबमा करिब ३५ लाख बङ्गलादेशी नागरिकहरू कार्यरत छन्। बङ्गलादेशी कामदारहरूले वार्षिक रूपमा २.७ अर्ब अमेरिकी डलरभन्दा बढी रकम रेमिट्यान्सका रूपमा आफ्नो देश पठाउँछन्। यीमध्ये अधिकांश कामदारहरू शारीरिक श्रमसम्बन्धी काममा संलग्न छन्। यस घटनापछि साउदी अरबमा कामदारहरूको सुरक्षाबारे प्रश्नहरू उठ्न थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖