• Monday 5th of October 2026

बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता


  • धनकुटा खबर
  • .

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जीप सडकबाट अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको हो।

दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१ आपखोली बस्ने अन्दाजी २९ वर्षीय प्रेम बि.क. र अन्दाजी २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। उनीहरूको सल्यानको सल्लीबजारस्थित सल्ली सिटी अस्पतालमा उपचार भइरहेको छ।

जीपसहित दुई जना भेरी नदीमा बेपत्ता भएका छन्। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖