• Monday 5th of October 2026

ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, सडक अवरुद्ध


  • धनकुटा खबर
  • .

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोले पैदल हिँडिरहेका स्थानीय ७० वर्षीय शंखर प्रसाद कुइँकेललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि मृतकका आफन्तसहित करिब २०० जना स्थानीय घटनास्थलमा भेला भएका छन्। उनीहरूले डाछी चोकमा सडक अवरुद्ध गरेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖