• Monday 5th of October 2026

राजिनामा अघि बागमती मुख्यमन्त्रीले पेश गरे २८ बुदेँ प्रगति बिवरण


  • धनकुटा खबर
  • .

हेटौँडा, १ भदौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।

 

प्रदेशसभामा बहुमत सिद्ध गर्ने अवस्था नदेखिएपछि सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

गत साउन ६ गते तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि बानियाँ नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको थियो।

 

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार जोगाउन वा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्दथ्यो। तर, मुख्यमन्त्री बानियाँको पक्षमा आफ्नै दल नेपाली कांग्रेसको ३६ सीट र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी २ सीट गरी जम्मा ३८ सांसदको मात्र समर्थन रहेको थियो।

 

विश्वासको मतको प्रस्तावको विपक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा उभिने स्पष्ट भएपछि र अन्य दलहरू तटस्थ बस्ने स्थिति बने पछि उनले बहुमत जुटाउन भने सकिरहेका थिएनन ।

अस्थिरता र अन्योल कायम राख्नुभन्दा नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि विश्वासको मतको मतदान प्रक्रियामा नगई राजीनामा दिएको उनले सम्बोधनका क्रममा बताएका छन्।

 

राजीनामाको घोषणा गर्नु अघि मुख्यमन्त्री बानियाँले आफ्नो एक वर्षे कार्यकालमा सरकारले हासिल गरेका प्रमुख उपलब्धिसम्बन्धी २८ बुँदे प्रगति विवरण प्रदेशसभा समक्ष प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖