• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म


  • धनकुटा खबर
  • .

मुम्बई, २२ भदौ। सलमान खानद्वारा सञ्चालित चर्चित रियालिटी शो ‘बिग बोस’ को २०औँ सिजनको प्रतीक्षा समाप्त भएको छ। १६ जना प्रतियोगीहरूको प्रवेशसँगै ६ सेप्टेम्बर २०२६ मा शोको भव्य प्रिमियर सम्पन्न भएको छ।

 

सलमान खानले १६ जना प्रतियोगीहरूको परिचय गराउँदै उनीहरूसँग रमाइलो कुराकानी गरेका थिए। अभिनेत्री कनिका मान शोमा प्रवेश गर्ने पहिलो प्रतियोगी थिइन् भने माही विजले अन्तिममा प्रवेश गरिन्। घरभित्र प्रवेश गरेकै पहिलो दिन प्रतियोगीहरूबिच चर्को भनाभन समेत देखिएको छ।

 

‘बिग बोस २०’ का १६ प्रतियोगीहरूको सूची:

१. माही विज

२. आम्रपाली दुबे

३. रीति तिवारी

४. अमन गान्धी

५. उदिति सिंह

६. काजी तौकीर

७. मेरी कोम

८. अर्शिफा खान

९. कुशल तन्वर (गुल्लु)

१०. ईशा रिखी

११. आसिफ खान

१२. रोहित खान

१३. कनिका मान

१४. र्यापर युवा DSA

१५. प्रेम गिल

१६. तन्मय सिंह (स्काउट)

 

नयाँ थिम र नियम

यसपटक ‘बिग बोस’ को २०औँ सिजनको विषयवस्तु (थिम) ‘तथास्तु’ (Tathas-two) राखिएको छ। प्रिमियर एपिसोडमै बिग बोसले प्रतियोगीहरूलाई एउटा विशेष सरप्राइज दिएका छन्- प्रत्येक प्रतियोगीसँग दुईवटा ‘लाइफ’ (जीवनरक्षाका अवसर) हुनेछन्। दुवै ‘लाइफलाइन’ समाप्त नभएसम्म कुनै पनि सदस्य शोबाट बाहिरिने छैनन्।

साथै, घरका सदस्यहरूले मनोनयन (नाेमिनेसन) मार्फत कुनै पनि प्रतिस्पर्धीको ‘लाइफलाइन’ खोस्न सक्ने विशेष अधिकार समेत पाएका छन्। आगामी एपिसोडहरूमा प्रतियोगीहरूबिच थप रोचक र विस्फोटक प्रतिस्पर्धा देख्न पाइने सङ्केत प्रिमियरमै पाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖