• Monday 5th of October 2026

रवि लामिछानेको सम्बोधन सकिए लगत्तै संसदबाट बाहिरिए प्रधानमन्त्री बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री शाह बैठकबाट बाहिरिएका हुन् ।

लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि प्रधानमन्त्री शाह आजको बैठकमा सहभागी भएका थिए । उनी लामिछानेले सम्बोधन गर्नुअघि मात्रै बैठक कक्षमा प्रवेश गरेका थिए ।

सम्बोधनका क्रममा रास्वपा सभापति लामिछानेले रसुवामा आएको बाढीपछि सरकारले गरिरहेको उद्धार, उपचार तथा राहतका कामको बचाउ गरे । उनले महाविपद्को अवस्थामा परम्परागत शैलीमा सरकारको विरोध मात्रै गर्न नहुने धारणा राखे ।

लामिछानेले सरकारले गरिरहेको उद्धार, उपचार र राहतका काममा कमजोरी भए त्यसबारे प्रश्न उठाउन सकिने भए पनि विपद्को समयमा सरकारका हरेक प्रयासको विरोध मात्रै गर्नु उचित नहुने बताए ।

उनले विपद्को घडीमा सरकार र प्रतिपक्षको आँखाबाट मात्रै नभई राष्ट्रिय एकताको भावनाबाट परिस्थितिलाई हेर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖