• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

भयाे अहिलेसम्मकै सबैभन्दा महँगो सम्बन्धविच्छेद


  • धनकुटा खबर
  • .

सियोल, २७ भदौ। तपाईंले प्रायः सुन्नुभएको होला कि विश्वभरका अर्बपतिहरूले सम्बन्धविच्छेद गर्दा आफ्ना श्रीमतीहरूलाई गुजारा भत्ताबापत अर्बौं रुपैयाँ तिर्नुपर्ने हुन्छ।

 

अमेजनका अर्बपति जेफ बेजोस हुन् वा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, अर्बपतिहरूले आफ्ना श्रीमतीसँग अलग हुनका लागि ठूलो धनराशि तिरेका छन ।

 

हालै दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा महँगो सम्बन्धविच्छेदको घटना देखिएको छ, जसले कर्पोरेट र गेमिङ जगतमा हलचल मच्चाएको छ। अर्बपति व्यवसायी क्वोन ह्युक-बिनले सम्बन्धविच्छेदको सम्झौताअन्तर्गत आफ्नी श्रीमतीलाई २० खर्ब वन अर्थात करिब १.५ अर्ब अमेरिकी डलर रकम भुक्तानी गर्नुपर्ने भएको छ।

 

सञ्चारमाध्यमका अनुसार, दक्षिण कोरियाको सोलस्थित एक पारिवारिक अदालतले गेमिङ कम्पनी ‘स्माइलगेट’ का संस्थापक तथा अर्बपति व्यवसायी क्वोन ह्युक-बिनलाई आफ्नी पूर्वपत्नीको नाममा २० खर्ब वन भन्दा बढी मूल्यको सम्पत्ति हस्तान्तरण गर्न आदेश दिएको छ। यसलाई दक्षिण कोरियामा हालसम्मकै सबैभन्दा ठूलो सम्बन्धविच्छेद सम्बन्धी सम्पत्ति बाँडफाँड अर्थात डिभोर्स सेटलमेन्टको घटनाका रूपमा लिइएको छ।

 

अदालतको आदेशअनुसार, चे (Chey) ले आफ्नो कम्पनीको ३५ प्रतिशत सेयर हिस्सा आफ्नी पूर्वपत्नीलाई हस्तान्तरण गर्नुपर्नेछ। यस सेयर हिस्साको मूल्य करिब २५ खर्ब वनअनुमान गरिएको छ। साथै, ती व्यवसायीलाई आफ्नी पूर्वपत्नीलाई नगद ६५ अर्ब वन भुक्तानी गर्न पनि आदेश दिइएको छ।

 

क्वान ह्युक-बिन को हुन्?

क्वान ह्युक-बिनले सन् २००२ मा ‘स्माइलगेट’ नामक गेमिङ कम्पनीको स्थापना गरेका थिए। यो कम्पनी दक्षिण कोरियाको अग्रणी भिडियो गेम कम्पनीहरूमध्ये एकका रूपमा स्थापित भयो। उनकी पूर्वपत्नी लीले सन् २०२२ को नोभेम्बरमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन्। स्थानीय सञ्चारमाध्यमका अनुसार, उनले कम्पनीमा क्वानको आधा स्वामित्व दाबी गरेकी थिइन्।

लीले दाबी गरिन् कि उनले घरायसी जिम्मेवारीहरू सम्हाल्दै कम्पनीको स्थापनामा पनि योगदान पुर्‍याएकी थिइन्। यसै आधारमा, सम्बन्धविच्छेदपछि उनले क्वोनको सम्पत्तिमा ठूलो हिस्साको माग गरिन्, जाे अहिले दिनु पर्ने भएकाे छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖