काठमाडौं । एक समय टेलिभिजनका चर्चित जोडी मानिएका गौरव खन्ना र आकांक्षा चमोलाको ९ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको छ। उनीहरूको सम्बन्ध भत्किनुको मुख्य कारण सन्तान रहेको छ।
गौरव बुबा बन्न चाहन्थे। तर आकांक्षाको भनाइ अनुसार उनी आफूभित्र मातृत्वको भावना देख्दिनन्। उनले कहिल्यै आमा नबन्ने निर्णय गरेकी छन्।
सम्बन्धविच्छेदको घोषणा गरेपछि मानिसहरूले गौरव खन्नाको समर्थन गरिरहेका छन् भने आकांक्षालाई ट्रोल गरिरहेका छन्। यी आलोचनाहरूमाथि अभिनेत्रीले आफ्नो प्रतिक्रिया दिएकी छन्।
‘म्यासेबल इन्डिया’ ले ट्रोलर्सका प्रश्नहरू आकांक्षा चमोलासमक्ष राखेको थियो। उनलाई ‘गौरव खन्नालाई सन्तान चाहिएको थियो, अनि तिमीले किन दिइनौ?’ भनी सोधिएको थियो।
आकांक्षाले यसको जबाफ दिएकी छन्। उनले भनिन्- ‘म गौरवलाई केवल बच्चा दिइरहेकी थिइनँ।’ आकांक्षाले बच्चा नजन्माउने विषयलाई लिएर एउटा अनौठो कुरा भनिन्।
उनी भन्छिन्— ‘दूध आइरहेको थिएन। मलाई लाग्छ मेरो दूध आउने छैन।’ जबाफमा आकांक्षालाई भनियो – आमा बनेपछि मात्रै दूध आउँछ।
आकांक्षालाई ‘के उनी दोस्रो विवाह गरेर बच्चा जन्माउनेछिन् ?’ भनेर सोधिएको थियो। अभिनेत्रीले आफूले जीवनमा कहिल्यै विवाह नगर्ने बताइन्।
अभिनेत्रीले क्रुद्ध हुँदै भनिन्- ‘तिमीहरूजस्ता मानिसहरूका कारण विवाहको बजार चलिरहेको छ। महिलासँग विवाह गर, बेडरुममा राख। बेडरुम भएन भने भान्सा (किचन) मा राख।’
कामको कुरा गर्दा आकांक्षालाई पछिल्लो पटक ‘लक अप २’ मा देखिएको थियो। सो शोमा आकांक्षाले आफू बाइसेक्सुअल रहेको खुलाएकी थिइन्।
गौरव र उनको सम्बन्धविच्छेदको मुद्दा अदालतमा चलिरहेको छ। आकांक्षाले अभिनेतालाई इन्स्टाग्राममा अनफलो गर्दै उनका सम्पूर्ण तस्वीरहरू हटाइसकेकी छन्।
