• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

सडकको बच्चा सडकमै छु, आज म सँग न पैसा छ, न बैंक ब्यालेन्स :बालगायक अशोक दर्जी


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित बालगायक अशोक दर्जीले आफ्नो वर्तमान आर्थिक अवस्था र पारिवारिक जिम्मेवारीबारे सामाजिक सञ्जालमार्फत बोलेका छन्।

फेसबुकमा लामो स्टाटस लेख्दै दर्जीले जीवनमा धेरै उतारचढाव भोगेको र अहिले आफूसँग पैसा तथा बैंक ब्यालेन्स नरहेको बताएका छन्। आफूले हार खान नसिकेको भन्दै संघर्ष गरिरहेको उनले उल्लेख गरेका छन्।

दशैं–तिहार नजिकिँदै गर्दा परिवार र भाइबहिनीको खर्च कसरी जुटाउने भन्ने चिन्ता रहेको उनले बताएका छन्। पढ्ने उमेरमा समेत पैसा कमाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभएको बताउँदै उनले गरिबको छोरा भएकोमा दुःख नरहेको उल्लेख गरेका छन्।

संगीतकार टंक बुढाथोकीसँगको विवादतर्फ संकेत गर्दै दर्जीले आफू धेरै थाकिसकेको र अब आफ्नो जीवनलाई सहज रूपमा अघि बढाउन चाहेको बताएका छन्। उनले छिट्टै नयाँ गीत लिएर दर्शक–श्रोतामाझ आउने तयारीमा रहेको जनाउँदै सबैको साथ र सहयोगको आग्रह गरेका छन्।

आफूसँग अहिले पैसा नभए पनि समाजको सहयोगमा बनेको एउटा घर र अधियाँमा पाएको जग्गा रहेको उनले बताएका छन्। भविष्यमा केही राम्रो हुने आशा रहेको उल्लेख गर्दै आफूबाट कुनै गल्ती भएको भए माफी दिन पनि उनले आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖