• Sunday 4th of October 2026

च्यासलमा नदीको सतह बढ्यो, गृहमन्त्री गुरुङद्वारा निरीक्षण


  • धनकुटा खबर
  • .

काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको सतह बढेको छ।

बढ्दो नदीको सतह सडकको तहसम्म पुगेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार च्यासल क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

नेकपा एमालेको पार्टी कार्यालय आसपास मनोहरा खोलाको सतह बढेर सडकको तहसम्म पुगेको छ। गृहमन्त्री गुरुङले बाढीको जोखिमबारे स्थलगत जानकारी लिँदै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

उनले विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖