• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

‘लभ एन्ड वार’ बाट आलिया भट्ट र रणवीर कपुरको पहिलो झलक सार्वजनिक


  • धनकुटा खबर
  • .

मुम्बई, ९ असोज । सञ्जय लीला भन्सालीको प्रतीक्षित चलचित्र ‘लभ एन्ड वार’ बाट अभिनेत्री आलिया भट्टको पहिलो झलक (लुक) सार्वजनिक भएको छ। यस चलचित्रमा उनी आकर्षक ‘रेट्रो’ र ‘भिन्टेज’ अवतारमा देखिएकी छिन्।

 

निर्देशक भन्सालीले स्वयं आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाता ‘एक्स’ (ट्विटर) मार्फत आलियाको पहिलो तस्बिर सार्वजनिक गरेका हुन्। पुरानो शैलीको फेसन, चम्किलो सजावट र क्लासिक शैली समेटिएको उनको यो ‘लुक’ ले अहिले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। सार्वजनिक तस्बिरमा आलिया ६० र ७० को दशकको फेसन, चम्किलोपन (ब्लिङ) र भिन्टेज शैलीमा सजिएकी छिन्।

 

आलियाका साथै यस बहुप्रतीक्षित तथा ठूलो बजेटको चलचित्रमा रणवीर कपुर र विक्की कौशलको पनि मुख्य भूमिका रहेको छ।

यसैबीच, चलचित्रबाट अभिनेता रणवीर कपुरको पनि पहिलो झलक सार्वजनिक गरिएको छ। पोस्टरमा रणवीरको उग्र र कठोर अवतार देख्न सकिन्छ। बाक्लो जुँगा, रगतले लतपतिएको सर्ट र चस्मा लगाएका रणवीरको यो रूपले पात्रको गम्भीर र बलियो व्यक्तित्वको झल्को दिन्छ। सर्टमा देखिएका रगतका दागहरूले चलचित्रको एक्सन-प्रधान कथावस्तुतर्फ सङ्केत गर्छन्।

 
 

सञ्जय लीला भन्सालीको निर्देशनमा बनिरहेको ‘लभ एन्ड वार’ विश्वभर २१ जनवरी २०२७ मा हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन हुनेछ।

 

यस चलचित्रको प्रदर्शन मिति यसअघि धेरै पटक परिवर्तन भइसकेको छ। सन् २०२४ को जनवरीमा पहिलो पटक घोषणा गर्दा सन् २०२५ को क्रिसमसमा प्रदर्शन गर्ने योजना बनाइएको थियो। तर, छायाङ्कनको विशाल दायरा र निर्माणका लागि लाग्ने लामो समयका कारण प्रदर्शन स्थगित गरियो।

 

त्यसपछि सन् २०२६ को मार्च र पछि १४ अगस्ट २०२६ लाई सम्भावित मिति मानिए पनि व्यापक भिजुअल इफेक्ट्स (VFX) र जटिल हवाई एक्सन दृश्यहरूको काम निर्धारित समयमा पूरा नहुने भएपछि निर्माण पक्षले अन्ततः २१ जनवरी २०२७ लाई नयाँ प्रदर्शन मिति तय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖