• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

तेलको मूल्य वृद्धि


  • धनकुटा खबर
  • .

अमेरिका । ईरानमाथि लगाइएको प्रतिबन्ध हटाउने सम्भावनालाई अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अस्वीकार गरेपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ।

मध्यपूर्वी मुलुकहरूबाट कच्चा तेलको आपूर्ति सहज भएसँगै अघिल्लो सत्रमा घटेको तेलको मूल्य पुनः उकालो लागेको हो।

जिएमटी समय अनुसार ०१:३० बजेसम्म ब्रेन्ट क्रूड (Brent crude) को मूल्य १.१४ डलर अर्थात् १.११ प्रतिशतले बढेर प्रतिब्यारेल १०३.७३ डलर पुगेको छ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) क्रूडको मूल्य पनि ३४ सेन्ट्स अर्थात् ०.३८ प्रतिशतले बढेर प्रतिब्यारेल ८९.७२ डलर पुगेको छ।

गत मे महिनापछि पहिलो पटक १०६ डलरको बिन्दु पार गरेको डब्लुटिआई (WTI) यस महिना ४ प्रतिशतले बढ्ने क्रममा छ भने ब्रेन्ट क्रूड करिब १४ प्रतिशतको मासिक वृद्धितर्फ अघि बढेको छ, जुन गत जुलाईपछिको सबैभन्दा उच्च वृद्धि हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖