• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

दुबईबाट तेल अभिभ जाँदै गरेको जहाज ‘हाईज्याकको’ आशङ्का, सङ्कटकालीन सङ्केत पठाएपछि साउदीमा अवतरण गराइँदै


  • धनकुटा खबर
  • .

दुबई । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाही विमानमा बुधबार बिहान संदिग्ध सुरक्षा घटना भएको खबर आएको छ।

आर्मी रेडियोका अनुसार विमानले सम्भावित अपहरण प्रयाससँग सम्बन्धित आपत्कालीन कोड सक्रिय गर्दै डिस्ट्रेस सिग्नल पठाएको थियो। विमान साउदी अरबमा अवतरण गर्ने तयारीमा रहेको बताइएको छ।

विमान अवतरणपछि कार्गो होल्ड जाँच तथा चालक दलसँग सोधपुछ गरिने र त्यसपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।

सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै इजरायली वायुसेनालाई समेत उच्च सतर्कतामा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖