• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • धनकुटा खबर
  • .

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कूलस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२-०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ गणेशिया निवासी ३० वर्षीय अरविन्द साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकोमा बिहान ९:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न म्याजिक चालक हरिपुर नगरपालिका–२ हरिपुर बजार निवासी ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖