• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा. डिबी सुनारले अग्रता लिएका छन्।

दलिततर्फ २ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार प्रकाश रसाईली स्नेहीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ मत र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्।

सहमहामन्त्रीमा एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रारम्भिक मतपरिणामअनुसार प्रकाश रसाईली स्नेही आफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि छन्।

दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार अगाडि

दलित महिलातर्फ पाँच केन्द्रीय सदस्य पदका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मतगणना हुँदा सीता मिजारले सर्वाधिक १ हजार ४९ मत प्राप्त गरेकी छन्।

शान्ती परियार (वि.क.)ले ८ सय ५२ मत प्राप्त गरेकी छन्। रुपा वि.क.ले ७ सय ९८, कमला नेपालीले ७ सय ६२ र छायाँ सुनारले ६ सय ३९ मत पाएका छन्।

त्यस्तै, देविका नेपाली घिमिरेले ५ सय २०, पवित्रा वि.क.ले ४ सय ८९, सुना परियारले ४ सय ७४, चन्द्रकला वि.क.ले ४ सय ४५ र टिका कुमारी बस्यालले ४ सय ७ मत प्राप्त गरेकी छन्।

मनमाया विश्वकर्माले ४ सय १, मैना वि.क.ले ३ सय ८७, ललिता सुनारले ३ सय ६९, दिलमायाँ पौ.बी.ले ३ सय २३, लिला नेपालीले २ सय ९८ र ललिता सुनार (विद्या)ले २ सय ९७ मत प्राप्त गरेकी छन्।

प्रारम्भिक मतपरिणाममा सीता मिजार सबैभन्दा अगाडि रहँदा शान्ती परियार, रुपा वि.क., कमला नेपाली र छायाँ सुनार पनि पाँच सदस्यका लागि आवश्यक प्रतिस्पर्धामा अगाडि देखिएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाममा उम्मेदवारको स्थान परिवर्तन हुन सक्नेछ।

दलित खुलामा डा. डिबी सुनारको अग्रता

दलित खुलातर्फ आठ केन्द्रीय सदस्य पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मतगणना हुँदा डा. डिबी सुनारले सर्वाधिक १ हजार २ सय ९७ मत प्राप्त गरेका छन्। उनी खुलातर्फका उम्मेदवारमध्ये सबैभन्दा अगाडि छन्।

सागर परियारले ८ सय ३४ मत प्राप्त गरेका छन्। हरिशरण नेपालीले ७ सय ८१, मन्जित ताम्राकारले ६ सय ४८ र शिव बहादुर सुनारले ६ सय ४४ मत पाएका छन्।

त्यस्तै, अम्मर बहादुर बराईलीले ५ सय ८२, राजु परियारले ५ सय ६९, दीपक सोनीले ५ सय ५७, दिनेश सुनारले ५ सय २६, ईश्वर बहादुर परियारले ५ सय २० र मन बहादुर विश्वकर्माले ५ सय १ मत प्राप्त गरेका छन्।

चक्र बहादुर नेपालीले ४ सय ७७, मैकुलाल बाल्मिकिले ४ सय ७६, सूर्य बहादुर वि.क.ले ४ सय ५२, रमेश वि.क.ले ४ सय ३२, श्याम कुमार मौरतीले ४ सय १९ र रमेश ताम्राकारले ४ सय ११ मत पाएका छन्।

त्यसैगरी, धन बहादुर रसाईलीले ३ सय ५६, मुक्त बहादुर महतेले ३ सय ४१, सन्जु सिंह विश्वकर्माले ३ सय ३१, निर बहादुर विश्वकर्मा (विमल धमला)ले ३ सय २६, बाबुराम विश्वकर्माले ३ सय २४, दिल बहादुर विश्वकर्माले ३ सय २०, रामु नेपालीले २ सय ८५, गोवर्द्धन कोलीले २ सय ७९, भिउसिन दमैले २ सय ७५, विर बहादुर विश्वकर्मा (कमल)ले २ सय ७३, डम्बर बहादुर गोल्डस्मिथले २ सय ६४, राम कुमार नेपालीले २ सय ५८, लोकेन्द्र बहादुर वि.क.ले २ सय ५६, रोहित विश्वकर्माले २ सय ५१ र जबर बहादुर वि.क.ले २ सय ४२ मत प्राप्त गरेका छन्।

प्रारम्भिक मतपरिणाममा डा. डिबी सुनारले फराकिलो अग्रता बनाएका छन्। आठ पदका लागि हुने प्रतिस्पर्धामा सागर परियार, हरिशरण नेपाली, मन्जित ताम्राकार, शिव बहादुर सुनार, अम्मर बहादुर बराईली, राजु परियार र दीपक सोनीले पनि उल्लेख्य मत प्राप्त गरेका छन्।

दलिततर्फको मतगणना जारी रहेकाले यी परिणाम प्रारम्भिक हुन्। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्र निर्वाचित उम्मेदवारको टुंगो लाग्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖