• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

उनलाई ललितपुरबाट बिहीबार पक्राउ गरिएको ब्युरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थप्नेगरी बढी पैसा लिएर ‘सिण्डीकेट’ चलाएको आरोपमा ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामा कामदारहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो । खड्का स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष र वैदेशिक रोजगार बोर्डका सदस्य थिए ।

यसअघि पनि भिएलएन, वान स्टप सेन्टर र जिएसजी लगायतका संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖