काठमाडौँ। आईसीसी लिग–२ अन्तर्गत ओमानसँगको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् । दीपेन्द्रको यो ११औँ चौथो अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हो ।
सोमबार ओमानसँगको खेलमा उनले ४७ बलमा ३ छक्का र ३ चौकासहित ५० रनको आँकडा पूरा गरेका हुन् । उनले ५२ रन बनाएर खेलिरहेका छन् ।
यसअघि देव खनालले पनि अर्धशतक बनाएका थिए । उनले ६५ बलमा ५७ रन बनाएर आउट भए । लिग–२ को आफ्नो अन्तिम खेल खेलिरहेको नेपाललाई शीर्ष ६ मा पर्न जित्नै पर्ने दबाब छ ।
