काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रू. २,८२,३०० पुगेको छ।
अघिल्लो दिन सोमबार सुन प्रतितोला रू. २,८१,५०० मा कारोबार भएको थियो। यसअनुसार मंगलबार सुनको भाउ प्रतितोला रू. ८०० ले बढेको हो।
चाँदीको मूल्य भने मंगलबार घटेको छ। सोमबार प्रतितोला रू. ३,९९५ मा कारोबार भएको चाँदीको भाउ आज रू. २५ ले घटेर प्रतितोला रू. ३,९७० मा झरेको महासंघले जनाएको छ।
दशैंअघि सुनको मूल्य प्रतितोला रू. २,९०,२०० रहेको थियो।
दशैंपछि बजार खुल्दा गत आइतबार मात्रै सुनको मूल्य ह्वात्तै घटेर प्रतितोला रू. २,७८,५०० मा झरेको थियो। त्यसयता भने बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ।
