• Monday 26th of October 2026

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद


  • धनकुटा खबर
  • .

काठमाडौँ। काठमाडौँको कलंकी स्थित सांसद उर्मिला थपलियाको डेराबाट चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ परेका छन् । आइतबार साँझ पक्राउ परेकाहरूको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको हो । दसैँको बिदामा डेरामा कोही नभएको मौका पारेर आरोपीहरूले सांसद उर्मिला थपलियाको डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरेको अनुसन्धानले देखाएको छ ।

घटनाबारे कार्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । थपलिया नेपाली कांग्रेसकी समानुपातिक तर्फकी सांसद हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत घर भएका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भन्ने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीय विणा देवी छन् ।

सांसद थपलियाको डेराबाट सुन र नगद चोरी, ३ जना नियन्त्रणमा
सांसद थपलियाको डेराबाट सुन र नगद चोरी, ३ जना नियन्त्रणमा
सांसदको घरमा चोरी भएकोबारे कार्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो ।

सो समूहले कार्तिक ६ मा काठमाडौँ महानगरपालिका–१४ स्थित रञ्जित कोलोनीमा रहेको निरञ्जन नेपालको घरमा पनि चोरी गरेको अनुसन्धानले देखाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आरोपीहरूले लुकाएर राखेको अवस्थामा ठुलो परिमाणमा सुनचाँदीका गरगहना बरामद गरेको छ ।

यस्तो छ बरामद सामग्रीहरूको विवरण

१. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

२. १८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बाला थान-१

३. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

४. ३२ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको बालाको टुक्रा थान-५

५. ३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको कछुवाको मूर्ति थान-१

६. १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्का थान-१

७. १० ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सरस्वतीको मूर्ति थान-२

८. २३ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको सिक्री थान-३

९. १४ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको औंठी थान-२

१०. ३९ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको लकेट थान-४

११. ८ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको पाइला थान-१

१२. १ ग्राम तौल भएको सुन जस्तो देखिने पहेलो रंङको धातुको टुक्रा थान-४

१३. ११ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिन्दुर बट्टा थान-३

१४. १६२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको गणेश र लक्ष्मीको मूर्ती थान-१

१५. १२१.६७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पाउजु थान-८

१६. ५७ ग्राम तौल भएको पत्थर जडित चाँदी जस्तो देखिने धातुको सिरबन्दी थान-१

१७. २१.५ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको औंठी थान-५

१८. ७७.३७ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको सिक्का थान-३

१९. १०५.८२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको ब्रासलेट थान-३

२०. ३३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको टुक्रा थान-१

२१. १२३ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको कप थान-२

२२. ७४ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको दियो थान-१

२३. ४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको पानी चढाउने चम्चा थान-१

२४. ५०२ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको करुवा थान-१

२५. ४४० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको टिकाथली थान-१

२६. ३६० ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको बुट्टे थालको टुक्रा थान-२

२७. ८८ ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१

२८. ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कुच्चिएको प्लेट थान-१

२९. विभिन्न कम्पनीका मोबाईलहरु थान-१६

३०. विभिन्न दरको भारतिय रुपैयाँ जम्मा रु.१२,३१०।–

३१. चालु र बन्द अवस्थामा रहका विभिन्न कम्पनीका घडीहरु थान-१०

३२. नेपाल र भारतको विभिन्न दरका सिक्काहरु

३३.कछुवाको आकृति भएको धातुको बट्टा थान-१

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖