• Tuesday 3rd of November 2026

बिचौलिया इनम सापकोटासँग भेट गरेका न्यायाधीश फुयाँल चार दिन बिदामा


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन् ।

बिचौलिया इनम सापकोटासँगको संवाद र भेटको विषयलाई लिएर उनी विवादमा तानिएका थिए । यस विषयमा सत्तारूढ दल रास्वपाको सचिवालय वैठकले संसदीय दललाई प्रक्रिया थाल्न निर्देशनसमेत दिइसकेको छ ।

सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रीले न्यायाधीश फुयाल कात्तिक २० गतेसम्मका लागि बिदामा बसेको जानकारी दिए । फुयालले मंगलबारबाट लागू हुनेगरी बिदा लिएका हुन् । 

बिदामा बस्नुको कारण भने खुलेको छैन । सर्वोच्चको मुद्दा पेसी सूचीमा न्यायाधीश फुयाललाई इजलास तय भएको छैन । 

न्यायपालिकासम्बन्धी समसामयिक विषयमा निर्णय लिन सोमबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले विवादमा परेका न्यायाधीशमाथि छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गर्ने निर्णय लिएको थियो । 

बिचौलिया सापकोटामा बयानमा मुछिएपछि अर्की न्यायाधीश सारंगा सुवेदीले सोमबार इजलासमा बसिनन् ।

बिचौलिया सापकोटा प्रधानमन्त्री बालेन्द्र शाह बालेन निकट व्यक्ति हुन् । गत फागुन २१ को निर्वाचनमा सापकोटाले बालेनको प्रचारप्रसार गरेका थिए । उनै इनमले प्रधानमन्त्री बालेनको नाम लिँदै न्यायाधीशहरूलाई भेट्ने गरेको खुलेको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖