• Sunday 29th of November 2026

एकाबिहानै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी


  • धनकुटा खबर
  • .

काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको छ । बुधबार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको हो ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत चोरीको घटनाबारे जानकारी दिँदै सीसीटीभी फुटेजसमेत सार्वजनिक गरेका छन् ।

पुनका अनुसार चोरीमा संलग्न व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर लिएर फरार भएका थिए । उक्त घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको पुनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖