• Monday 23rd of November 2026

फागुनमा स्थानीय तहको निर्वाचन हुँदैन : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा नहुँदै तीन महिना अगाडि निर्वाचन गराउने प्रस्तावप्रति आपत्ति जनाएका छन्।

बिहीबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आगामी वैशाख ३१ गते जनप्रतिनिधिको कार्यकाल पूरा हुने भन्दै संवैधानिक अवधि कटौती गरेर निर्वाचन गराउन नमिल्ने बताए।

‘तीन महिना अगाडि चुनाव हुँदैन, हाम्रो अडान यही हो,’ उनले भने।

उनले राजनीतिक दलहरूलाई निषेध गरेर निर्वाचन गराउने सोच लोकतान्त्रिक मान्यताविपरीत हुने पनि बताए।

यसैगरी, आगामी स्थानीय निर्वाचनमा एमालेले उम्मेदवार छनोट गर्दा स्थानीय कमिटीको सिफारिस, जनमत र संगठनको मूल्यांकनलाई आधार बनाउने ओलीले स्पष्ट पारे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖