• Monday 23rd of November 2026

भारत भ्रमणमा प्रधानमन्त्री बालेनसँग पत्नी सविना काफ्ले सहभागी छैनन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली गएका हुन् ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीको सचिवालय र प्रधानमन्त्री कार्यालयका कर्मचारीहरू सहभागी छन् ।

तर, प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा उनकी पत्नी सविना काफ्ले सहभागी छैनन् । यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदा पनि प्रधानमन्त्री शाहले पत्नीलाई भ्रमण टोलीमा समावेश गरेका थिएनन् ।

नेपालका यसअघिका प्रधानमन्त्रीहरूले भने औपचारिक विदेश भ्रमणका क्रममा पत्नीलाई समेत सहभागी गराउने प्रचलन अपनाउँदै आएका थिए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालले विदेश भ्रमणमा जाँदा क्रमशः सुजाता कोइराला र गंगा दाहाललाई सहभागी गराउने गरेका थिए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका साथमा राधिका शाक्य तथा शेरबहादुर देउवाका साथमा आरजु राणा देउवा पनि विदेश भ्रमणका क्रममा प्रायः सहभागी हुने गरेका थिए ।

प्रधानमन्त्री शाहको पछिल्लो भ्रमणमा पत्नी सहभागी नहुनुलाई विगतका प्रधानमन्त्रीहरूको विदेश भ्रमणको अभ्यासभन्दा फरक रूपमा हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖