• Monday 5th of October 2026

यस्ता छन् घ्युकुमारी प्रयोगका फाइदा


  • धनकुटा खबर
  • .

घ्युकुमारी वर्षौँदेखि विभिन्न स्वास्थ्य लाभका लागि प्रयोग गरिएको छ। यसको जेल छालामा लगाउनदेखि यसको जुस पिउनेसम्म यो औषधी स्वास्थ्यको लागि अत्यन्त लाभदायक रहेको अध्ययनहरूले देखाएको छ।

घ्युकुमारीको बोटमा बाक्लो तरल पदार्थ हुन्छ। जसमा विभिन्न प्रकारका पोषक तत्त्व र गुणहरू हुन्छन्। यस बोटको फाइदाहरू जान्नको लागि गरिएको अध्ययनमा धेरै स्वास्थ्य लाभहरू उल्लेख गरिएको छ।

यति मात्र होइन, यसले क्यान्सर जस्ता गम्भीर र ज्यान लिने रोगको जोखिमलाई पनि कम गर्ने मानिन्छ। दैनिक खाली पेटमा घ्युकुमारीको जुस पिउने व्यक्तिहरूमा धेरै गम्भीर स्वास्थ्य समस्याहरू हुने खतरा कम हुन्छ ।

चाउरीपना कम गर्छ

एलोभेरामा एन्टी अक्सिडेन्ट्स धेरै मात्रामा पाइन्छ । यसले छालामा रेशाहरुलाई राम्रोसँग सफा गर्न मद्धत गर्छ । यो एउटा प्राकृतिक एन्टी एजिंग प्रोडक्ट हो । यसले छालालाई चाउरी पर्नबाट बचाउँछ । एलोभेरा जेलको दैनिक प्रयोगले छालालाई जवान बनाइराख्छ ।

दाग धब्बालाई हटाउँछ

तपाईको अनुहारमा दाग छ भने एलोभेराको नियमित प्रयोग फाइदाजनक हुन्छ । दाग धब्बा भएको ठाउँमा एलोभेरा जेलको नियमित प्रयोगले अनुहारको कालो दाग धब्बा हटाउन मद्दत गर्न सक्छ । पोलेको दाग हटाउन पनि एलोभेरा उपयोगी हुन्छ ।

निखारताको लागि

एलोभेरा धेरै राम्रो क्लीन्जर हुन्छ । यसले छालाको माथिल्लो सतहमा कोशिकाहरूलाई राम्रोसँग सफा गर्ने काम गर्छ । त्यसैले अनुहारमा निखारता ल्याउनका लागि एलोभेराको जेल प्रयोग गर्दा छाला सफा र राम्रो हुन्छ ।

छालालाई चम्किलो बनाउन

एलोभेराले छालालाई पोषण दिने काम गर्दछ । यो एकदमै राम्रो मोस्चराइजर हो । कुनैपनि किसिमको छाला भएको मानिसले यसको प्रयोग गर्न सक्छन् । यसमा भएको मोस्चराइजरले छालालाई पोषण दिन्छ र चम्किलो बनाउँछ ।

कपाल चमकदार र स्वस्थ बनाउन

छालालाई मात्र होइन एलोभेराले कपाललाई पनि धेरै फाइदा गर्छ । एलोभेराको जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖