काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज स्वदेश फर्कदैछिन् ।
काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि साम्बा फ्रान्सबाट नेपाल आउन लागेकी हुन् । उनी राती साढे १ बजे नेपाल आईपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । साफ च्याम्पियनसिप बिहीबारदेखि नै दशरथ रंगशालामा सुरु भइसकेको छ ।
तर इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्फब ड्युटीका कारण साफमा नेपाल र भुटानबीचको पहिलो भने खेल गुमाइन । शुक्रबार साम्बा विनै आफ्नो पहिलो खेल खेलेको नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
शनिवार स्ट्रासवर्ग विरुद्ध लिगको खेल खेलेकी साम्बाले गोल समेत गरिन । उनले टिमको लागि पहिलो गोल गरेकी थिईन र उक्त खेल गुईग्याम्पले ३-२ ले जितेको थियो । यस सिजनमा गुईग्याम्पको यो पहिलो जित हो । साम्बा आएपछि नेपाली टिम बलियो हुने अपेक्षा छ । पहिलो खेलमा भुटान विरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो ।
